मादी हाईड्रोपावर ताङतिङको कार्यालयमा आयोजना प्रभावितको ताला

माग सम्बोधन नभए निर्माण कार्य रोक्ने चेतावनी

पाेखरा | माघ १२, २०७९

मादी हाईड्रोपावर ताङतिङको कार्यालयमा आयोजना प्रभावितको ताला

पोखराः   कास्कीको मादी गाउँपालिकामा निर्माणाधिन सुपर मादी हाईड्रोपावर लिमिटेड ताङतिङ शाखाको कार्यालयमा त्यहाँका प्रभावित स्थानीयले ताला लगाएका छन् । 


सुपर मादी हाइड्रोपावर लिमिटेडले स्थानीयसँग गरेको सम्झौतालाई कार्यान्वयन नगरेसम्म शाखा कार्यालयमा ताला नखुल्ने ताङतिङ युवा क्लबका अध्यक्ष भोज बहादुर गुरुङले जानकारी दिए । 


‘सुपर मादी हाईड्रोपावरसँग भएको ११ बुँदे त्रिपक्षीय सम्झौता कार्यान्वयन भएको छैन, गुरुङले भने, डाईड्रोपावरले यहाँ नोक्सान पु¥याएको छ नै ३५ जना स्थानीयले मुआब्जा पाउन सकेका छैन् , सम्झौता कार्यान्वयन नभएसम्म ताला खोल्न असमर्थ छौं ।’ 


हाईड्रोका कारण हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुन बाध्य भएको गुरुङले बताए । 


‘स्थानीयको कृषि योग्य जमिनमा हाइड्रोका पूर्वाधार निर्माण गर्दा निस्किएका ढुङ्गा र माटो र जमिनमा यत्रतत्र छरिएको छ, मकै लगायतका बाली लगाउने समय हुन लाग्योे, उनले भने, ‘सम्झौता अनुसार पूर्वाधार निर्माण गर्दा निस्किएको ढुङ्गा माटो सफा गर्नुपर्ने हो, तर परियोजनाले यसतर्m ध्यान दिन नसक्दा किसान दोहोरो मर्कामा परेका छन् ।’ 

 


हाईड्रोपावर परियोजनाले सम्झौता अनुसारको सिक्लेस ताङतिङको बीचमा मोटरेबल पुल खेलमैदान लगायतका पूर्वाधारका कामहरु नगरेको सुपर मादी हाईड्रोपावर ताङतिङ शाखाको कार्यालयमा जारी गरिएको नोटिसमा उल्लेख गरिएको छ । 


मादी गाउँपालिका  २ का वडाध्यक्ष भोजबहादुर गुरुङले प्रभावित क्षेत्रका स्थानीयले स्थानीय सरकार मार्फत न्याय खोजेकाले परियोजनासँग छलफल गर्न खोजेपनि त्यो सफल नभएको बताए । 


‘नजिकका सरकार भनेको स्थानीय सरकार हो, हामी मार्फत न्याय खोज्न प्रभावित स्थानीय वडा कार्यालय आउन थालेका छन्, उनले भने, ‘परियोजनाका प्रतिनिधिहरुसँग छलफल गर्न खोज्दा पोखरा बोलाउनु हुन्छ तर हामी स्थानीयको बीचमा नै सम्झौता कार्यान्वयनमा जोड दिएका छौं ।’


कास्कीको मादी गाउँपालिका २ स्थित ताङतिङ युवा क्लब, मादी नदी सरोकार समिति र स्थानीयले सुपर मादी हाइड्रो पावरको ताङतिङस्थित शाखा कार्यालयमा ताला लगाएर सम्झौता कार्यान्वयन गर्न सर्वपक्षिय भेलाको निर्णयसहितको नोटिस जारी गरेका छन् । 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्